Logo

माधव नेपाल समूहको बैठक सम्पन्न, २२ सांसदलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधिएकोबारे आपत्ति जनाएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गोकर्ण विष्टले भने,‘२२ जना माननीयलाई जुन स्पष्टीकरण सोधियो, यसले पार्टी एकतालाई अप्ठ्यारो भयो । संविधानले दिएको अधिकार प्रयोग गर्दा स्पष्टीकरण सोधिनु गलत हो ।’

उत्तेजक गतिविधि रोकेर पार्टी एकताको कामलाई अघि बढाउन यो समूहले अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै, स्पष्टीकरण सोध्नु भनेको एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको पनि आजको बैठकले निश्कर्ष निकालेको छ । आजको बैठकमा भीम रावल भने अनुपस्थित् भए । Photo Source : Sanjib Bagale

 



प्रतिक्रिया दिनुहोस्