Logo

हेमन्तले ल्याए भजन संग्रह



काठमाडौं, ६ साउन । डा.हेमन्त खतिवडाको आध्यात्मिक गीतको भजन संग्रह भर्खरै प्रकाशित भएको छ । विं.सं २०५३ मा नातिकाजीको स्वर र संगीतमा ‘मनमा काँडा बिझेपछी’ बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका खतिवडाद्वारा लिखित भजन संग्रहमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवन मृत्युको विषय समेटिएको छ ।

यस कृति मा १०६ वटा भजनहरु रहेका छन् भने ११५ पृष्ठमा किताब तयार भएको छ । आशा भोश्ले, साधना सरगम, कैलाश खेर, पंडित जसराज, कुमार सानु लगायत गायक गायिकाहरुले गायका छन् । क्लासिकल र सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् । भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ ।

निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका छन् । मृत्यु लाई पनि उत्सव को रुपमा चित्रण गरेर पनि कतिपय भजनहरु लेखिएका छन् । जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरु पनि छन् ।

डा.हेमन्त खतिवडा

आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनान मानिसहरुलाई उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरु पनि समेटिएका छन् । गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रह को मूल्य २ सय रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह गीतकार डा.हेमन्त खतिवडाको पहिलो भजन संग्रह हो ।



प्रतिक्रिया दिनुहोस्