Logo

भीम रावललाई फकाउन टोखा पुगे माधव नेपाल



काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगेका छन् । उनी आफूसँग असन्तुष्ट रावललाई फकाउन पुगेका हुन् ।

रावललाई नेपालले मिलेर अगाडि बढ्ने प्रस्ताव समेत सारेको बुझिएको छ । पछिल्लो समय रावल नेपालबाट टाढिएका छन् । उनले एमालेको कुनै पक्षमा नरहेको सन्देश दिइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएपछि रावल अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् । उनी ओली पक्षमा जाने चर्चा चलिरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्