Logo

यी ट्राफिक प्रमुखको घरमा सुनको शौचालय, खुल्यो यस्तो रहस्य



एजेन्सी, ६ साउन । यी ट्राफिक प्रहरी प्रमुख हुन् । यीनको निवास विलासी सामानले भरिएको भेटिएको छ । अनियमितताको आरोपमा रुसको स्टाभरोपोल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख एलेक्सी साफोनोभलाई पक्राउ गरिएको छ ।

अनुसन्धान कमिटीले उनको घरमा सुनको शौचालय समेत फेला पारेको छ । प्राचीन महङ्गा सामानहरु घरमा भेटिएका छन् । उनले अनियमितताबाट सम्पत्ति जोहो गरेका हुन् ।

साफोनोभसहित ६ प्रहरी पक्राउ परेका छन् । उनीहरुलाई साँढे २ लाख डलर बराबरको रकम घूस लिएको अभियोगमा पक्राउ गरिएको हो । ३५ भन्दा बढी प्रहरी अनुसनधानको दायरामा ल्याइएका छन् ।

साफानोभको आलिसान महल दरबार जस्तै थियो । बाथरुम कुनै दरबारको बैठक कक्षभन्दा पनि सानदार देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्