Logo

समस्या



सुशिल बस्याल: 

बिचरा उनी म संग टाढिन खोज्दै छन
परिवार सबै उनको लागि अर्कै रोज्दै छन ।

बिना चाहाना बिर्सन प्रयास गर्दै उनी
हामी दुई कहिले सम्म सम्झिदै रुनि ।

आखिर लगन पनि चाढै निस्किएछ
रुदा रुदै तिम्रो आँसु पनि सकिएछ ।

साहेद हाम्रो माया नाटकको भाग रहेछ
क्रमश लेख्ने ठाउमा समाप्त लेखेछ ।

कहाँ जाउ भौतारिदै तिम्रो आशा लिएर
पुजा पाठ गरिसके नरिवल चढाएर ।

आज भन्दा भोलिका दिन दिक्क भैसक्यो
हेर्दा हेर्दै तिम्रो बिबाहको दिन नजिकियो ।

छोराछोरीलाई चिनाउनु मामा भन्न नभुल्नु
श्रीमानको साथ मलाई देख्दा आशु नचुआउनु।

चाहेको कुरा सबै पूरा हुँदैन पिर नगर्नु
हासी खुशी जीवन अनि सिउदो रङ्गाउनु ।

तिम्रो हाम्रो मायामा भाग्यले दोष पायो
साहेद हाम्रो मायालाई शत्रुले समायो ।

सुशिल बस्याल
बगनासकाली ८ पाल्पा नेपाल



प्रतिक्रिया दिनुहोस्