Logo

माओवादीद्वारा साझा कार्यक्रममा जोड



काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका र समर्थक दलहरुबीच साझा कार्यक्रम बनाउन आव्हान गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले साझा नीति तथा कार्यक्रमको आवश्यकता औल्याउँदै यस्तो निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै साझा नीति तथा कार्यक्रम बनाउन आव्हान गर्ने निर्णय गरेको जानकारी दिए । उनले गठबन्धनका शिर्ष नेताहरुबीच साझा कार्यक्रममा गृहकार्य गर्ने समझदारी पनि भइसकेको बताए ।

माओवादीले सरकारका सञ्चालनका लागि संयन्त्र बनाएर जाने विषय उठाउँदै आएको छ । संयन्त्र बनाउने माओवादीको चाहना रहँदा साझा कार्यक्रमको विषय आएको हो ।

आजको बैठकमा सरकारमा सहभागी हुने थप नेताहरुबारे समेत छलफल भएको छ । तर, को को सरकारमा जाने टुंगो लागेको छैन ।

यसैगरी, माओवादी केन्द्रले १७ साउनमा स्थायी कमिटी र २० साउनमा केन्द्रीय कमिटी बैठक गर्ने निर्णय समेत गरेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्