Logo

बाबुरामले ‘हिन्दु धर्ममाथि आघात पुग्ने अभिव्यक्ति दिएको’ भन्दै जसपानिकट विद्यार्थी नेताहरुले दिए राजीनामा



वीरगंज ,६ साउन । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्ममाथि अघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरुले राजिनामा दिएका छन् । जसपा निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियासहित ११ जनाले राजिनामा दिएका हुन्। उनीसंगै जिल्ला सचिव राजु राज गिरी, कोषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजिनामाको घोषणा गुरेका हुन् ।

युवाहरुले भट्टराईको अभिव्यक्तीको विरोध गर्दै खेद समेत प्रकट गरेका छन् । ।उनीहरुले आफूहरु आवद्ध रहेको संगठन निकट पार्टी कै संघिय परिषद अध्यक्ष भट्टाराईले आफ्नो टुईटर मार्फत हिन्दु धर्ममाथि अघात पुग्ने गरी अभिव्यक्ति दिएर आस्थामाथि प्रहार गरेको उल्लेख गरेका छन् ।

यस अघि पनि भट्टराईले बारम्बार हिन्दु धर्ममाथि अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आएकोले हाम्रो धर्म र संस्कृृति माथी आँच पुग्ने हुँदा बाबुराम संघीय परिषद् अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएको चौरसियाले बताए ।

समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाएको राजिनामा पत्रमा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन, प्रदेश नं. २ जनकपुरलाई समेत बोद्धार्थ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्