Logo

माधव नेपाल र भीम रावलबीच के के कुरा भयो



काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीचको भेटवार्ता सकिएको छ । रावललाई भेट्न नेता नेपाल टोखास्थित उनकै निवासमा पुगेका थिए ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाका बारे गम्भीर समिक्षा भएको बुझिएको छ । नेता नेपालले मिलेर अगाडि बढ्न आग्रह गरेको र रावलले एमाले एकतामा नै जोड दिएको बुझिएको छ ।

रावलले सांसद पदबाट दिएको राजीनामाका सन्दर्भमा पनि नेपालले चासो राखेका थिए । उनले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेको बुझिएको छ ।
रावल आज आफू पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि माधव नेपाल निवासमै भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएपछि रावल अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् । उनी ओली पक्षमा जाने चर्चा चलिरहेको छ । यसले नेपाल पक्षमा तरंग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्