Logo

भीम रावललाई घरमै पुगेर माधव नेपालले भने : केही नसोची तुरुन्त सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुहोस



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले उपाध्यक्ष भीम रावलसँग उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । नेपाल समूहको स्थायी कमिटी बैठकमा नगएका रावललाई भेट्न नेता नेपाल आज साँझ टोखास्थित् रावल निवास पुगेका थिए । उक्त भेटवार्तामा रावललाई नेता नेपालले आफू अरु कुरा गर्न नआएको भन्दै सांसद पदबाट दिएको राजीनामा तुरुन्तै फिर्ता गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले सांसद पदबाट राजीनामा दिएका हुन् । उनले देउवालाई विश्वासको मत दिन नहुने अडान लिएका थिए । तर, नेता नेपालले भने आफू एक्लैले भएपनि मत दिने भएपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।

त्यतिवेला पनि रावललाई सांसद पदबाट राजीनामा नदिनको लागि सुरेन्द्र पाण्डे र झपट रावलले आग्रह गरेका थिए । तर, रावलले कसैको कुरा नसुनी सांसद पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा अहिले सभामुख अग्नि प्रसाद सापकोटाकहाँ पुगेरअ अड्किएको छ । file photo



प्रतिक्रिया दिनुहोस्