Logo

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार



वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो ।

आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा २६ अर्ब १६ करोड रुपैयाँको मालासामान भित्रिएको छ । यो भन्सार हुँदै ३८ करोड रुपैयाँ मूल्यका वस्तु निकासी भएको भन्सार कार्यालयले बताएको छ ।

वीरगञ्ज भन्सारबाट अघिल्लो आव २०७६–७७ को तुलनामा बितेको वर्ष कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्