Logo

ग्रेट वालका तीन नयाँ गाडी बजारमा



काठमाडौं, साउन ७ । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका साथ प्रवेश गरेको छ। नेपालको अटोमोटिभ डिलरसिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भिजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो।

विभिन्न क्षेत्रमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भिजी इम्पेक्सले ग्रेट वाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा एसयुभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ। ग्रेट वाल मोटर्सको सोरुम थापाथलीमा रहेको छ। भिजी इम्पेक्सले ग्रेट वाल मोटर्सको सेल्स, सर्भिस, स्पेयर्स र सर्वेमा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ।

कम्पनीले सार्वजनिक गरेको गाडीमा थर्ड जेनेरेसन हवाल एच६ गाडी एसयुभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र बिलासितामा अनुपम रहेको छ। २।० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिने कम्पनीले जनाएको छ। १५० किलोवाट शक्ति र ३२० टर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभूति दिने कम्पनीको दाबी छ। यसको हाइयर ग्राउन्ड क्लियरेन्सले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी यात्राको अनुभव गराउनुका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्छ।

७२ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले अर्कै खाले स्थिरता र मजबुती प्रदान गरेको छ। गाडीमा आठवटा एअर ब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, हिलहोल्ड कन्ट्रोल एबिएस इबिडी सुविधा र एन्टी–कोलिजन संयन्त्र र फर्वार्ड कोलिजन संयन्त्रले दुर्घटनाको सम्भावनालाई घटाउने कम्पनीको दाबी छ। यसको मूल्य ९६ लाख ९९ हजार नौ सय ९९ रूपैयाँ छ। यो गाडी हेमिल्टन ह्वाइट, अयेर्स ग्रे र अत्लान्तिस ब्लूमा उपलब्ध हुनेछन्।

त्यस्तै, हवाल जोलिअन मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिँदै छ। १।५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एनएम टर्कले अधिकतम आउटपुट दिन्छ। ड्राइभ मोड इलेक्ट्रिक पार्किङ ब्रेकिङ र ७३ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थिरता, मजबुती र सुरक्षा प्रदान गर्दछ। ब्लु, ब्ल्याक, गे्र, हेमिल्टन ह्वाइट र मार्स रेड रंगमा उपलब्ध यो गाडीको मूल्य ५५ लाख ४९ हजार नौ सय ९९ रूपैयाँ रहेको छ।

त्यस्तै, पिओइआर पिक–अप मोडेल दुईवटा संस्करण एलिट र पाइलटमा बजारमा उपलब्ध हुनेछ। २।० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। १२० किलोवाट शक्ति र ४०० एन एम टर्कले अर्कैखाले अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ। बढी ग्राउन्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। ८४ प्रतिशत उच्च गुणस्तरको स्टिलको बडीले गाडीलाई अधिक भारबहन क्षमता, स्थिरता र मजबुती प्रदान गर्दछ। यो गाडीको मूल्य ६४ लाख ९९ हजार नौ सय रूपैयाँ रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्