Logo

लगानी बढाउन ध्यान दिन्छौंः प्रधानमन्त्री



काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताएका छन्। नेपाल उद्योग परिसंघको १८औं साधारणसभाको अवसरमा बुधबार देउवाले यस्तो धारणा राखेका हुन्। ‘विकासलाई हामीले प्राथमिकता दिएका छौं,’ देउवाले भने, ‘तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउन खोपको व्यवस्था गर्छौं।’ उनले सरकारको पहिलो प्राथमिकता निःशुल्क खोप वितरण रहेको बताए।

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजना सहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न सघाउने बताए। देउवाले निजी क्षेत्रलाई सहयोग गर्ने बताएका छन्। ‘नेपालका उद्योगपति, व्यपारीले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ,’ देउवाले भने, ‘नेपालको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले सहयोग गर्ने विश्वास लिएको छु।’

साधारणसभाको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न राहतको प्याकेज ल्याउने बताए। अध्यादेश बजेट प्रतिस्थापन गर्ने गरी नयाँ बजेटको तयारी गरेको सरकारले थप राहतका कार्यक्रम ल्याउने तयारी गरेको उनले संकेत गरे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्