Logo

माधव नेपाललाई प्रदीप गिरीको सुझाव : तपाईँहरुले मन्त्रीको लागि लोभ गर्नुहुँदैन् (भिडिओसहित)



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले माधव नेपाल समूहलाई सरकारमा ल्याउन नहुने र उनीहरुले पनि मन्त्री पदको लागि लोभ गर्न नहुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यस पटकको परिघटनामा माधव नेपालको ठूलो योगदान रहेको सुनाए ।

उनले भने,‘माधव नेपाललाई म यसैपनि देशमा नाम चलेका प्रधानमन्त्रीमध्ये ज्यादा नजिकबाट चिनेर अपेक्षाकृत इमानदार र कर्मसंघर्षको नेता पनि मान्दछु । अब उहाँले मन्त्री पदको लागि बार्गेनिङ सार्गेनिङ गर्नुहुँदैन् । मेरो सल्लाह भन्नुहुन्छ भने उहाँहरुले मन्त्रीको लागि लोभ गर्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्