Logo

कामना विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने



काठमाडौं, ७ साउन । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको गर्न माग गर्दै साउन ३ गते बोर्डमा निवेदन दिएको हो ।

बैंकले कुल १० लाख कित्ता मध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्