Logo

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन



काठमाडौं, ७ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीका ल्याएको ५ लाख ४८ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने असार ८ (भोली) अन्तिम दिन हो । पहिलो पटक वितरण हुन नसकेको संस्थापक फेरी लिलामीमा ल्याएको हो ।

कम्पनीको अनुसार असार १६ गतेदेखि २५ गतेसम्म ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र आव्हान गर्दा नबिकेका शेयर कम्पनीले पुनः उक्त शेयर लिलामीमा ल्याएको हो ।

यस अघि तोकिएको मूल्य ६ सयबाट घटाएर प्रतिकित्ता ५ सय ५० रुपैयाँमा लिलामी खुला गरेको हो । कम्पनीले यो शेयर लिलामी गर्न लागेको हो ।

कम्पनीको शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी बोलकबोल पेश गर्न सकिने जनाएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्