Logo

एनआईसी एशिया बैंकमा खाता खोल्ने सुदिक्षाले पाइन् आइफोन



काठमाडौं, ७ साउन । एनआईसी एशिया बैंकले आम घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको आयोजना गरेको अनलाइन खाता खोल्ने प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापालाई आईफोन–१२ वितरण गरेको छ ।

बैंकले गत जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेण्डमै खाता खोलेर थापा आईफोन–१२ जित्न सफल भएकी हुन् ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने सम्पूर्ण प्रक्रिया पूरा गरी स्क्रिनसट सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पोष्टको कमेन्टमा तोकिएका सर्तहरु पूरा गर्नेलगायतका प्रक्रिया पूरा गरेका थिए ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष–१० सहभागीले स्मार्टवाच जित्न सफल भएका छन् । बैंकले सञ्चालनमा ल्याएको सहज अनलाइन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर ९ हजार भन्दा बढी ग्राहकले खाता खोलेकोमा १५८ जना मात्र प्रतियोगितामा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot