Logo

‘टाइगर ३’ को लागि ट्रेनिंग गर्दै सलमान खान



एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै छिन् । अब भने सलमान खान यस फिल्मको तयारीमा लागेका छन् ।

सलमानले एउटा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियोमा उनले जिममा वर्कआउट गरेको देखिन्छ । भिडियोमा सलमानको अनुहार राम्रोसँग भने दखिएको छैन् । सलमानले हाल एक्सन फिल्मको लागि जबरदस्त बडी बनाइरहेका छन् । भिडियोमा उनले शारीरिक एक्सरसाइज गरीरहेको देखिन्छ । भिडियो शेयर गर्दै सलमान आफैले क्याप्सनमा लेखेका छन्, ‘मलाई लागिरहेको छ यी व्यक्तिले टाइगर ३ को लागि ट्रेनिंग गरीरहेका छन् ।’

फिल्ममा इमरान हाशमी भिलेनको रोलमा देखिदै छन् । उनले पनि सलमानलाई टक्कर दिन बडी बनाइरहेका छन् । फिल्मको सुटिङ २३ जुलाईबाट सुरु हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्