Logo

गुरु पुर्णिमाको यस्तो छ महत्व



२०७८ साल साउन ८ गतेबाट पुर्णिमाको व्रत आरम्भ हुन्छ । साउन ९ गते गुरु पुर्णिमा हो । पुर्णिमाको दिन महाभारतका लेखक बेद ब्यासको पुजा हुन्छ । यसै दिनलाई अषाढको समाप्त भएको मानिन्छ । अषाढको पुर्णिमालाई अषाढी पुर्णिमा र गुरु पुर्णिमा भनिन्छ । यस दिनमा पवित्र नदीमा स्नान गरेर गरीबलाई दान दिनु राम्रो हुन्छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश ज्ञान हो । अज्ञानको नष्ट गर्ने ब्रह्म रुप प्रकाश नै गुरु हुन् । यस दिन गुरु पुजाको महत्व हुन्छ । गुरुको कृपाबाट नै विद्यार्थीलाई विद्या प्राप्त हुन्छ । विद्याले नै अज्ञान र अन्धकार हटाउछ । यस दिनमा केवल गुरुलाई मात्र नभएर आफु भन्दा ठुला परिवारका सदस्यलाई पनि गुरु बराबर सम्झनुपर्छ ।

महाभारत कालमा महान ऋषि ब्रह्मासुत्र, महाभारत, श्रीमद्धागवत र अट्टारह पुराणका रचनाकार तथा वेद महर्षि वेदव्यासको जन्म आषाढ पुर्णिमाको दिन भएको थियो । यसकारण उनलाई पनि पुजा गर्नु महत्वपुर्ण मानिन्छ । वेद व्यासको मुल नाम श्रीकृष्ण द्धैपयान थियो । श्रीकृष्ण द्धापयन २८ औं वेद व्यास थिए । वेद व्यास चिरंजीबी हुन् ।

गुरुबाट मन्त्र प्राप्त गर्न यस दिन श्रेष्ठ दिन हो ।

आषाढ पुर्णिमा पछिका अरु चार महिना अध्ययनको लागि उत्तम मानिनन्छन् ।

साधु–सन्तको समयमा एकान्तमा राखेर ध्यान र स्वाध्याय सहित अध्ययन गरिन्थ्यो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्