Logo

अब शेरबहादुर देउवाजीले सरकार कसरी चलाउनुहुन्छ, त्यो हेर्न बाँकी छ : रामचन्द्र पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कसरी चलाउने हो त्यो हेर्न बाँकी रहेको उल्लेख गरेका छन् । हिजो (बुधबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने संवैधानिक बाध्यता रहेको पनि उल्लेख गरे । कुराकानीको क्रममा उनले भनेका छन्–‘महाअधिवेसन गर्नैपर्छ । हेर्नुहोस, महाँअधिवेसन नगरिकन त भदौ १९ गते कटेपछि हाम्रो पार्टी त खारेजी पनि हुनसक्छ । कानून र संविधान पल्टाएर हेर्दा हाम्रो पार्टीको भदौ उता समयनै छैन । त्यसैले महाधिवेशन गर्नुपर्छ ।’

तपाईले चिनेका जननेता विपी कोईराला कस्तो नेता हुनुहुन्थ्यो र प्रजातान्त्रीक आन्दोलनमा उहाँले खेलेको भूमिकालाई तपाईँले कसरी लिनुभएको छ ?

विपी काईरालाले नेपालको ईतिहाँसमा यउटा युगलाई परिवर्तन गर्नुभयो । एउटा सामन्ती युग, एउटा अधिनायकवादी युग, एउटा अत्यन्तै पछाडि परेको युगलाई आधुनिक लोकतान्त्रिक युगमा ल्याउने एउटा संर्घषको नायक विपी कोईराला हुनुहुन्थ्यो । उहाँले नेपालमा जुन व्यवस्था गर्नुभयो त्यसको अहिले पनि हामीहरुले लडाई लडिरहनुपरेको छ । हामी लोकतन्त्रको लडाई अहिले पनि लडिरहेका छौँ । जुटिरहेका छौँ ।

तपाईँले संसद् विघटनलाई असंवैधानिक कदम भन्नुभएको थियो, सुरुदेखि नै यहाँले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अगाडि बढ्नुहोस म साथ दिन्छु भन्नुभएको थियो, अहिले सभापति देउवा प्रधानमन्त्री हुनुभएको छ, अब विपी कोईरालाको नीति अनुसार काँग्रैस र देश अगाडि बढ्छ त ?

अब हाम्रो दलको नेता हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी अहिले प्रधानमन्त्रीको पदमा आशिन हुन पुग्नुभएको छ । अब यहाँभित्रको धेरै कथा नभनौँ । एउटा आन्दोलनको सुरुवात केपी ओली अधिनायकवादतिर अघी बढ्े जव उनले सर्वसत्तावादलाई अँगाल्न थाले सम्पुर्ण कुरा मै मात्रै हुँ, सम्पुर्ण कुरा मेरै अधिनमा चल्नुपर्छ भन्ने भावना राखेर सबै निकायहरु आँफैमा समायोजन गर्नतिर लागे त्यो प्रवृत्ति लोकतन्त्र फेरि उल्ट्याउने प्रवृत्ति, त्यो प्रवृत्ति देशलाई पछाडि धकल्ने प्रवृत्ति, त्यो प्रवित्ति नेपाललाई राणा शाही शासनभन्दा अझ अन्धकारमा धकल्ने प्रवृत्ति, यो प्रवृत्तिले देशलाई अन्धकारमा लिन लाग्यो भनेर एउटा आन्दोलनको सुरुवात केपी ओलीले संसद् विघटन गर्नुभन्दा पनि अगाडिबाट नै गरेको हो । त्यसको झिल्का दमौलीको बुल्दी पुलबाट सुरु भएको थियो । अहिले आएर शेरबहादुरजी प्रधानतमन्त्री बन्ने र यो देशमा केपी ओलीको बहिर्गमनसम्म पुगेको छ । त्यसले गर्दा एउटा संकट टरेको छ । एउटा नेपालको संविधानलाई उल्टाउने नेपालको लोकतन्त्रलाई उल्ट्याउने नेपालको प्रगतिलाई बाधा पुर्याउने षड्यन्त्र अहिले असफल भएको छ । सबै मै हुँ भन्ने एउटा प्रवृत्ति परास्त भएको अवस्था छ । त्यसकारण अबको अवस्था त्यस्ता प्रवृतिलाई दोहोरिन नदिनको लागि हामी निरन्तर चनाखो रहनुपर्छ ।

तपाईँहरुले यो सरकारको काम, कर्तव्य र अधिकारको कुरा गर्दा देउवालाई सच्चिने र सच्याउने अवसर पनि प्रदान भएको छ, अब उहाँलाई के–के समस्या छन् ? पार्टीभित्र र बाहिर सबै दलहरुलाई उहाँले मिलाएर जानसक्नु होला ? के छ तपाईँको टिप्पणी ?

हो, यतातिर पार्टीको अवस्था हेर्दा त त्यो देखिन्न, तर सरकार कसरी चलाउनुहुन्छ त्यो हेर्न बाँकी छ । अहिले पार्टी त नेपालको ईतिहासमा नेपाली काँग्रेसको ईतिहासमा यति धेरै विवादास्पद महाअधिवेसन, यति धेरै विवादस्पद पार्टी सन्चालन, सदस्यता वितरण र पार्टीको नेपाली काँगेसमा पहिले नै देखी पञ्चायत कालदेखी निरन्तर दुःख भोगेर आईरहेको असंख्य कार्यकर्तालाई विस्थापित गर्ने खालको जुन क्रियाकलापहरु पार्टीभित्र देखापर्न थालेका छन । अहिले पार्टी केन्द्रीय कार्यालयमा सारा साथीहरु धर्ना बस्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्था कहिले पनि थिएन नेपाली काँग्रेसमा, तर अहिले यसपालि अत्यन्त दूर्भाग्यपूर्ण अवस्था देखा पर्दैछ । यो कहाँसम्म पुग्ने हो ? अझै भन्न सकेको छैन ।

देशभरिका कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टीको महाअधिवेशनको तयारीमा जुटिसको छन्, तर नेतृत्व अझैपनि महाधिवेशन गर्ने कुरामा द्धिविधामा छ, महाअधिवेसन गर्ने हो कि होईन यसपाली ?

हेर्नुहोस् म सधैँ के भन्दै आएको छु भने–लोकतन्त्रको सवल पक्ष र आधारस्तम्भ भनेको नै आवधिक निर्वाचन हो । र, जनताले अथवा त्यसका सदस्यले आफ्नो नेतृत्वलाई बेला बेलामा छान्ने नेतृत्व ठीकसंग अगाडि बढे दोहार्याउने नभए त्यसको सट्टामा अर्को नेतृत्व ल्याउने यो लोकतन्त्रको एउटा स्वभाविक गति हो । यो नियमित प्रक्रिया हो । यसमा अबरोध पैदा भयो । २०७४ सालकै महासमिति बैठकमा मैले त्यही बेलामा भनेको थिएँ–यो पार्टीको अधिवेशनको लागि कार्यतालिका बनाएर अहिलेदेखी नै काम गर्न थालौँ । अप्ठ्यारो छ, समायोजन गर्नु छ । संघीयतामा देश गएको छ । क्रियाशिल सदस्यताका समस्याहरु छन । त्यसलाई पनि मिलाएर फेरिपनि अधिवेशन गर्र्न चार वर्ष समय भ्याउँदैन् । चार वर्षको हाम्रो कार्यकाल हो भनेर भन्दाभन्दै चार वर्ष त त्यसै बिताईयो । केही पनि नगरेर अटेर गरेर बिताईयो । त्यसपछि यहाँभित्र अनेक कुराहरु अहिले प्रकट हुन थालेका छन । पाँच वर्ष वितेर पनि एक वर्ष थप्ने समय सकिएर पनि अब यो संविधानले भनेको छ महिनाको टेको समातेर पनि भदौमा अधिवेशन गर्नुपरेको छ । यो बास्तवमा विपीको सपनालाई साकार पार्ने खालको क्रियाकलाप होइन । जुन लोकतन्त्रको लागि विपी लड्नुभयो । र, विपीले जीवनभर दःख भोग्नुभयो । त्यो यस्तोको लागी होईन भन्ने मलाई लागिरहेको छ । म चिन्तित छु । हामी कमसेकम नेपाली काँग्रेसलाई एउटा लोकतन्त्रको पहरेदारको रुपमा उभ्याऊँ र नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्रलाई सुदृढ गरौँ । नेपाली जनताको लागि लोकतन्त्रको पाठशाला नेपाली काँग्रेसलाई बनाउँ, नेपाली काँग्रेस लोकतन्त्रको पाठशाला बन्नुपर्छ । यसका व्यवहार अनि आचरण, संगठन सञ्चालन सबै लोकतन्तिक पद्धतीबाट हुनुपर्छ भन्ने मेरो भनाई हो । यसका भातृ संस्थाहरुको अधिवेशन नै नगराएर त्यसै लथालिङ पारिदिने काम भएका छन्। यसका निकायहरु आफ्नो कार्यकालमा नगरेर अहिले देशभरी तथा नाम एउटा आतङक चलेको छ । जसलाई पनि ल तँ फलानो पदमा भईस, तँ फलानो पद भईस यस्तो यो बन्दरवाट गरेर अहिले देशका पदहरु अहिले देशका प्रतिष्ठानहरुलाई अहिले साह«ै ठुलो नराम्रो बद्नामी कमाउने कामहरु भएको छ । यस किसिमले पार्टी चलाएर त हामीले विपीको सपना साकार गर्न त सक्दैनौं ।

क्रियासिल सदस्यातामा विवाद देखियो, अहिले पनि पार्टी कार्यालयमा धर्ना छ, तपाईहरुमाथि पार्टीभित्रको विवाद दिगो रुपमा समाधान गर्न नकसेको आरोप छ नि ?

हामीले एउटा क्रियासिल छानविन समिति भनेर बनायौँ, त्यो छानविन समितिका साथीहरु त्यहाँ छलफल गरिरहनुभएको छ । त्यहाँ कुन–कुन ठाउँबाट कस्तो कस्तो समस्या आएको छ, त्यहाँ उहाँ साथीहरुले हेरिरहनु भएको छ । त्यहीपनि उहाँले भ्याउनु भएको छैन, भित्र–भित्र कति घुसाईयो । त्यो थाहा छैन पार्टीमा प्रवेश गर्ने अरु पार्टी जस्तो हाम्रो पार्टीमा फरक लोकतान्त्रिक समायोजन भएको हो । हामीले त्यसका सदस्यहरुलाई हाम्रो पार्टीमा समायोजन गर्ने एउटा सिद्धान्त बनायौँ तर एउटा पार्टीलाई सिङगो पार्टी हामीसंग आयो त्यसलाई समायोजन गर्ने भनेर जुन सिद्धान्त बनाईयो । अब त जो जो पाए, जसलाई पनि यो पार्टीमा समावेश भन्दै जथाभावी क्रियासिल जिल्ला–जिल्लामा, वडा–वडामा थपेर बाहिर–बाहिर क्रियासिलको डुङगुर लगाएर अहिले त्यहाँ पुराना निष्ठावान कार्यकर्ताहरुलाई विस्थापित् गर्ने जुन परिपाटी भईरहेको छ । त्यसकारण यसको अब्जेक्सन मैले त गरिराखेको छु । म अन्य पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको स्वागत गर्न चाहन्छु । तर, त्यो मर्यादित रुपमा गर्नुपर्यो । व्यवस्थित रुपमा गर्नुपर्यो । एउटा नियमवद्ध ढंगले त्यहाँका साथीहरुनै आएर कसले साँच्चिकै प्रवेश गरेका हुन, पार्टीको क्रियासिल हुनको लागि जुन प्रक्रिया लाग्छ, जुन योग्यता चाहिन्छ त्यो छ कि छैन । त्यही छानविन गरेरमात्रै प्रवेश गराउँभन्दा यो माथिबाट नै ईम्पोज गर्ने भएको छ । त्यसो भएको हुनाले अहिले क्रियासिल सदस्यता छानविनमा असहज परिस्थिति उत्पन्न बनेको छ ।

महाअधिवेसनको मुखमा पनि तपाईँहरु गाईजात्रा गरिहिने त, उसो भए यो समस्या समाधान हुँदैन ?

महाअधिवेसन गर्नैपर्छ । हेर्नुहोस, महाँअधिवेसन नगरिकन त भदौ १९ गते कटेपछि हाम्रो पार्टी त खारेजी पनि हुनसक्छ । काननु संविधान पल्टाएर हेर्दा हाम्रो पार्टीको भदौ उता समयनै छैन । त्यसैले महाधिवेशन गर्नुपर्छ ।

बाँकी भिडिओमा



प्रतिक्रिया दिनुहोस्