Logo

सुपर डान्सर ४ मा शिल्पाको ठाउँमा करिश्मा रिप्लेस नहुने, यस्तो छ कारण



एजेन्सी, ७ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पछिल्लो समयमा प्रहरीको हिरासतमा छन् । राजलाई मुम्बई अपराध महाशाखाले पक्राउ गरेर २३ जुलाईसम्मको लागि हिरासतमा लिएको छ । राजलाई अश्लील फिल्म बनाएर र एपमा रिलिज गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

पछिल्लो दिनमा ‘सुपर डान्स ४’ को सुटिङमा ब्यस्त शिल्पा हाल भने काममा फर्कन चाहेकी छैनन् । पति राज हिरासतमा परेपछि शिल्पाले सुटिङमा जान अनकन गरेपछि उनको स्थानमा अभिनेत्री करिश्मा कपुरलाई रिप्लेस गरिने भनिएको थियो ।

तर, करिश्मा अब भने शिल्पाको स्थानमा नभई गेष्ट बनेर जाने भएकी छिन् । करिश्माले एक वेबसाइटलाई एक शो को लागि मात्र जाने बताएकी हुन् ।

सोनी च्यानलले करिश्मा कपुर, गीता पुर र अनुरागलाई देखाएर प्रोमो शेयर गरेको थियो । शिल्पा शेट्टीको फिल्म ’हंगामा २’ भोली प्लस हटस्टारमा रिलीज हुँदैछ । शिल्पासँग मिजान जाफ्रे, परेश रावल, प्रणिता सुभाष पनि यस फिल्ममा देखिनेछन् । फिल्मको ट्रेलर केही अघिमात्र रिलीज भएको थियो।



प्रतिक्रिया दिनुहोस्