Logo

‘कसले आफ्नो बनेको घरबाट त्यत्तिकै बाहिर निस्किन चाहन्छ ?, तर अपमान सहेर कोही पनि बस्दैन्’ : माधव नेपाल



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको पीडा, बेदना र समस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आज (बिहीबार) काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र देखिएका घाउ, खटिराले पीडा दिने भएकोले यसलाई औषधीले निको पार्नुपर्ने बताए । उनले भने,‘हामी संकल्प गरौं कि कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर हामी अघि बढ्नेछौं । सही दिशामा लैजानेछौं । हामी पर्खिएर हेरिराखेका छौं । कसले आफ्नो बनेको घरबाट त्यत्तिकै बाहिर निस्किन चाहन्छ ? तर, अपमान सहेर कोही पनि बस्दैन् । गलत र अत्याचार सहेर कोही पनि बस्नुहुँदैन् ।’ file photo



प्रतिक्रिया दिनुहोस्