Logo

माधव नेपालद्वारा ओलीपछिको अध्यक्ष अस्वीकार, अलमलाउन खोजेको आरोप



काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि दुई अध्यक्षको प्रस्ताव राखेपनि आफूलाई स्वीकार्य नहुने वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । उनले पार्टी एकताका लागि आफूले कुनै पद नमागेको स्पष्ट पारेका छन् ।

ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नमानेको भन्दै बुधबारको पार्टी बैठकमा कुरा राखेपछि माधव नेपालको भनाई सार्वजनिक भएको हो । उनले आफू पदका लागि भन्दा पनि पार्टी विधि विधान अनुसार चल्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

नेपालले पार्टी एकताका लागि २ जेठ २०७५ को कमिटी र संरचनाबाट अगाडि बढाउनुपर्ने अडान दोहोराए । उनले नवौं महाधिवेशपछिको कमिटीबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

ओलीले आफूलाई दोस्रो अध्यक्ष दिएर अलमलाउन खोजेको माधव नेपालको भनाई छ । विगतमा पनि आफूले एकताको पक्षमा धेरैपटक अलमलाउने कदमहरु भोगेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्