Logo

कर्णजित बुढाथोकीको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेरियो, अब नेकपा (माओबादी केन्द्र समाजबादी)



काठमाडौं, ७ साउन । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओबादी केन्द्र समाजबादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको ने.क.पा (माओवादी केन्द्र समाजवादी) को केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाईएको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओबादी केन्द्र समाजबादी) ले २०७८ श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रिय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने,‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेकोे छ ।’ अध्यक्ष बुढाथोकीले पार्टीको ९औँ महाधिबेशन आगामी फाल्गुण १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले २ तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदुरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे ।  बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए । माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने बैठकले निर्णय गरेको सुनाए ।

नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाई थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा जनसंर्घषका कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए । उनले कोभिड–१९ को महामारी, प्राकृतिक बिपत्तीको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रंगनाथ ढकाल, बिनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेख बहादुर खत्री, श्रृजन बि.क, प्रदेश ५ का संयोजक धु्रब सत्याल, प्रदेश २ का अध्यक्ष बृद्धि विलासलगायतको उपस्थिति थियो ।

यस्तो छ पार्टीले जारी गरेको प्रेस विज्ञप्ती

मितिः २०७८÷०४÷७

प्रेस विज्ञप्ती

पत्रकार मित्रहरु

२०७८ श्रावण ४÷५÷६ गते बसेको ने.क.पा (माओवादी केन्द्र समाजवादी) को केन्द्रीय समितिको बैठक पार्टी अध्यक्ष कर्णजित बुढाथोकी “सुशील”को अध्यक्षतामा बसी निम्न निर्णय गरियो ।

१) १० वर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलन र अन्य विभिन्न वर्गीय र जातीय आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान शहिदहरु तथा नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने कार्य सम्पन्न भयो ।

२) पार्टी अध्यक्ष्यद्वारा समाजवादी क्रान्तिको आधार राष्ट्रिय राजनीतिक जन—परामर्श सम्मेलन नामक राजनैतिक प्रस्तावमा व्यापक छलफल भई एकमतले पारित गरियो । उक्त प्रस्तावको सार निम्न रह्यो ।

पूँजीवादको अनियन्त्रित अमानविय शोषण, आपसी टक्कर, असमानताको कहाली लाग्दो खाडल र जनताको मौलिक अधिकारको अपहरण जस्ता घृणित कार्यले विश्व पूँजीवाद महाविष्फोटको अवस्थामा पुगेकोले विश्वव्यापी स्तरमा नै वस्तुगत रुपमा समाजवादको आधार खडा भएकै कारण २१ औँ शताव्दी समाजवादी शताव्दी बन्ने बलियो सम्भावना बढेको देखिन्छ । नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको आम जनताको बुझाई छ । २ तिहाई प्राप्त कम्युनिष्ट सरकार क. प्रचण्ड, क. केपी वली र क. माधव नेपालको अदुरदर्शीता असक्षमता व्यक्तिगत स्वार्थकै कारण दक्षिणपंथीहरुको हातमा पुग्नु ठूलो विडम्बना भएको छ । सीमा अतिक्रमण, शिक्षा स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको साथै महिला हिंसा, दलित जातिमाथि छुवाछुत, भेदभाव, बाढी पीडितहरुको बिचल्ली र कोरोना खोपको संकट आदिले नेपालीको जनजीवन भयावह बन्दै गएको प्रस्तावको निष्कर्ष रहेको छ । तसर्थ राष्ट्रिय राजनैतिक जन–परामर्श सम्मेलन मार्फत जनपक्षीय, सर्वदलीय, सर्वपक्षीय संयुक्त सरकार गठन गर्दै समाजवादी संविधानको आधार खडा गर्नुपर्ने वस्तुगत आवश्यकता बनेको छ । देशभक्त वामपंथी संयुक्त मोर्चा निर्माण, माओवादी पार्टी र शक्तिहरु बीचको कार्यगत एकता हुँदै पार्टी एकता, कम्युनिष्ट सम्मेलनको महत्व बढेर गएको छ ।

३) वैज्ञानिक समाजबाद स्थापनाको दिशामा अघि बढौँ भन्ने नाराका साथ २०७८ श्राबण २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भयो

४) माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने निर्णय भयो ।

५)नेपालको राजनीतिक अग्रगामी निकासको लागि सबै दल, सबै पक्षको सहभागीता र स्वामित्व रहने गरी राष्ट्रिय राजनैतिक जन–परामर्श सम्मेलनको आयोजना गर्ने, जसबाट राष्ट्रिय एकता, आपसी बिश्वास, सद्भावको वातावरण बन्ने छ ।

६) वैज्ञानिक समाजवादी क्रान्तिका एउटा महत्वपूर्ण आधार नै नेपालमा रहेका ६२ प्रतिशत कम्युनिष्ट जनमत भएको प्रष्ट नै छ । गलत कार्यदिशाका कारण उक्त जनमतमाथि गद्दारी र धोका ंिदंदै क. प्रचण्ड, क. केपी ओली र क. माधब नेपालले २ तिहाई बहुमत प्राप्त सरकारलाई जर्बजस्ती दक्षिणपन्थीको हातमा बुझाउने, नेकपा बिभाजन गर्दै एमाले र माओबादी केन्द्रलाई आपसी टकराब गराए तहसनहसको डिलमा पु¥याउने जस्ता घृणित गतिविधिले उनीहरुमा प्रकट भएका अदुरदर्शिता, पार्टी सञ्चालनमा देखिएको असक्षमता, देश जनता वर्ग र लाखाँै कम्युनिष्ट कार्यकर्ताको भविश्यमाथि खेलवाड गर्ने कार्यले नेपालमा मात्र नभई विश्वस्तरमै नेपाली कम्युनिष्ट आन्दोलनको बेइजत हुन गएको छ । अर्कोतर्फ माओबादी पार्टी र शक्तिहरु, अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु शक्तिहरु बैकल्पीक शक्तिको रुपमा संगठीत हुन सकिरहेका छैनन् तसर्थ उपरोक्त अवस्थालाई मध्यनजर गर्दै जनता र कार्यकर्ताको माग चाहना र वर्तमान आवश्यक्ता बमोजीम कम्युनिष्ट सम्मेलनको आयोजना गरी कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने निर्णय भयो ।

७) वस्तुगत अवस्थाका कारण हाम्रो पार्टीको नाम परिबर्तन गर्नुपर्ने भएकै कारण नेकपा
(माओबादी केन्द्र) बाट नेकपा (माओबादी केन्द्र समाजबादी) नामाकरण गर्ने निर्णय भयो ।

८) पार्टीको ९ औँ महाधिबेशन २०७८ फाल्गुण १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय भयो ।

९) राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा जनसंर्घषका कार्यक्रम सञ्चालन गर्ने निर्णय भयो ।

१०) बिगतमा हाम्रो पार्टीद्वारा कोभिड १९ को महामारी, प्राकृतिक बिपत्तीको समयमा जनसेवा, राहतबितरण, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यसलाई थप निरन्तरता दिने निर्णय भयो ।

क्रान्तिकारी अभिबादन सहित

कर्णजीत बुढाथोकी “सुशील”
अध्यक्ष
नेकपा (माओवादी केन्द्र समाजवादी)



प्रतिक्रिया दिनुहोस्