Logo

दुईनाले भरुवा बन्दुक सहित पक्राउ



कास्की, ७ साउन । दुईनाले भरुवा बन्दुक सहित ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगरपालिका १ बगरस्थित ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका १६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्