Logo

खोपको प्रमाणपत्र लिन युवाहरुको भीड, संक्रमणको खतरा



काठमाडौं, ७ साउन । कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका युवाहरुको टेकु अस्पतालमा भीड लागेको छ। खाडी मुलुकहरुले क्युआर कोड सहितको खोप प्रमाणपत्रलाई मात्र मान्यता दिनेभएसँगै बैदेसिक रोजगारीमा जाने युवाहरुको प्रमाणपत्र लिन टेकु अस्पतालमा भिड लागेको हो ।

अस्पतालमा बिहीबार रातिदेखि लाइन लागेका युवाहरुको ठेलमठेल लागेको छ भने जोन्सन एण्ड जोन्सन खोप पनि १८ वर्ष माथिका नागरिकलाई दिइरहेकोले पनि भीड नियन्त्रण गर्न गाह्रो भएको हो । प्रमाणपत्र लिन अस्पतालमा लागेको भीडले कोरोना संक्रमणको खतरा झन बढ्ने देखिएको छ ।

नेपाली युवाहरु जाने प्रमुख देशहरुले खोपको प्रबन्ध भएका देशबाट कामदार लैजाने र क्युआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्रै मान्यता दिने नीति लिएपछि सरकारले विदेश जाने युवाहरुलाई विशेष गरि जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको हो । खोप लगाएको १४ दिनपछि मात्र विदेश जान सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्