Logo

दोहोरो अंकले नेप्से बढ्दा ११ अर्ब बढीको कारोबार



काठमाडौं, ७ साउन । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से १८ दशमलव ७५ अंकले बढेर ३ हजार ४ दशमलव ३१ उच्च विन्दुमा थामिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ६ अंकले बढेर ५६२ दशमलव २४ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २२२ कम्पनीको १ लाअ १४ हजार ७७२ पटक कारोबार भएर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५५ करोड ९६ लाख ४ हजार ६२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्