Logo

माधव नेपालसहित २२ जनाले स्पष्टीकरणको जवाफ दिने, अहिले सिंहदरबारमा भेला



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले नै ‘तपाईलाई अनुशासनको कारबाही किन नगर्ने ? भन्दै २२ जना सांसदलाई नै छुट्टाछुट्टै स्पष्टीकरण सोधेका थिए । उनीहरुलाई हिजोमात्रै पत्र पुगेको बताईएको छ । नेपाल पक्षधर एक सांसदका अनुसार स्पष्टीकरणको जवाफ कानून व्यवसायीहरुले तयार पारिसकेका छन् । यसअघि नेपाल पक्षधर सांसदहरुले स्पष्टीकरणको जवाफ नदिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्