Logo

बिपिको बिचार करेन्ट प्रवाह जस्तै : सिंखडा



काठमाडौँ, ७ साउनः बिपिको ३९औं स्मृति दिवस मनाउन बिपि संग्रहालय पुगेका कलाकार श्रीकृष्ण सिंखडाले बिपिको बिचार करेन्ट प्रवाह जस्तै भएको बताए । बिपिको स्मृति दिवस मनाउने क्रममा संग्रहालय पुगेका सिंखडालाई बिपि संग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलले खादा लगाएर स्वागत गरेका थिए । स्मृति दिवस मनाउने क्रममा सिम्खडाले आफु सधै बिपिको आदर्श र चिन्तनको अनुसरण गरिरहेको बताए । कलाकार सिंखडा राष्ट्रिय मुद्दामा बोल्ने समेत गरेका छन्। उनको विचारलाई संचारले महत्व दिदै आइरहेको छ ।

उनले बिपि संग्रहालयमा बिपि प्रति श्रद्धाञ्जली दिदै भने,‘बिपिको बिचार करेन्ट प्रवाह जस्तै हो । जस्ले उज्यालो र इनर्जी दिन्छ ।’ उनले बिपिको सत्यको लडाइँमा आफु समेत रहेकोे बताए । ‘हामी पनि सत्यको लडाइँमा लागि रहनु पर्छ’ उनले भने । संग्रहालयको भौतिक विकासमा सुधार देखीएकाले बिपि संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेल र पुरै टिमको प्रसम्सा समेत उनले गरे ।
सिंखडाले बिपि सुन्दरीजल जेलमा बसेको स्मरण गरे । मुलुकका सबै प्रजातान्त्रिक शक्ति एक हुनु पर्ने त्यो भावनाको केन्द्रिकृत स्थान सुन्दरीजल रहेको समेत उनले सुनाए । –Photo Source: Facebook/ShreeKrishna Simkhada



प्रतिक्रिया दिनुहोस्