Logo

कोरोनाको तेस्रो लहर आउन सक्ने, अक्सिजन तथा शैया तयार गर्न मन्त्रालयको निर्देशन



काठमाडौं, ७ साउन । कोरोना भाइरसको संक्रमण अपेक्षित तरिकाले नघटेको भन्दै स्वास्थ्य मन्त्रालयले अक्सिजन र शैयाको आवश्यक तयारी गर्न निर्देशन दिएको छ । नेपालमा संक्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने भन्दै सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई पुर्वाधार तथा सेवाहरुलाई आवश्यक तयारी गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

आज मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी गरेको विज्ञप्तीमा एक हप्तामा कोरोेना संक्रमितको संख्या बढ्दो भएको भन्दै अक्सिजन तथा शैया चुस्तदुरुस्त गर्न भनिएको छ ।

महामारीमा भाइरस विरुद्धको युद्द कुनै एक्लो व्यक्ति तथा निकायको मात्र नभएकोले यसका लागि सबै सरकारी निकायहरुको पनि उत्तिकै महत्वपुर्ण भुमीका रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी भुमिका बढाउन थप जिम्मवार भई जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न, गराउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्