Logo

सेनाका हुद्दाको शव कन्चटमा गोली लागेको अवस्थामा



चितवन, ७ साउन । भरतपुरमा विहान भेटिएको शव नेपाली सेनाका हुद्दा भरत गुरुङको रहेको खुलेको छ । उनको कन्चटमा गोली लागेको अवस्थामा शव भेटिएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी जग्गा कारोबारका लागि चितवन आई आफन्त कहाँ बसिरहेको खुलेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा आज बिहान भरत गुरुङको शव भेटिएको थियो ।

३६ वर्षीय मृतक गुरुङ धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भइरहेको छ। शवमा टाउकोमा गोली लागेको जस्तो देखिएको थियो । घटनास्थलमा एक थान गोलीको खोका भेटिएको थियो ।-तस्बिर स्रोतः नारायणी अनलाइन



प्रतिक्रिया दिनुहोस्