Logo

अबदेखि कांग्रेसको बैठक बालुवाटारमा नबस्ने



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका पार्टी बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ। यसअघि पार्टीको बैठक सरकारी निवासमा राखिएको भन्दै आलोचना भएको थियो । यसअघिको केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले आफ्ना पार्टीका सबै बैठक बालुवाटारमा नै आयोजना गरेका थिए ।

पार्टीको बैठक सरकारी निवासमा आयोजना गर्नु गलत अभ्यास भएको भन्दै आलोचना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै कांग्रेस पदाधिकारीको बैठक पनि बालुवाटारमा बसेको थियो । त्यतिवेला देउवाले पनि ओलीकै पदचाप पहिल्याएको भन्दै सामाजिक सञ्जालमातर्फत चौतर्फी आलोचना भएको थियो ।

महामन्त्री पूर्ण बहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने जानकारी दिएका हुन् । उक्त निर्णयको कार्यान्वयन गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पार्टी सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्