Logo

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते



७ साउन: इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।

उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन् ।

खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन् । इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्