Logo

कोरोनाबाट थप २४ जनाको मृत्यु



काठमाडौं, ७ साउन । कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका आज नयाँ २ हजार ७ सय १४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ ।

आज १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १२ हजार ८ सय २९ जनामा गरिएको परीक्षणबाट १८ सय ३५ जना पिसीआर विधिबाट र ८ सय ५९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्