Logo

काठमाडौंमा ७५१ जनामा संक्रमण पुष्टि



काठमाडौँ, ७ साउन । आज देशभर २७ सय १४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ७ सय ५१ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ५३६ , ललितपुरमा १३० र भक्तपुरमा ८५ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

आज १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १२ हजार ८ सय २९ जनामा गरिएको परीक्षणबाट १८ सय ३५ जना पिसीआर विधिबाट र ८ सय ५९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्