Logo

प्रभु बैंकद्वारा कान्तिपुर डेण्टल हस्पिटललाई आर्थिक सहयोग



काठमाडौं, ७ साउन । प्रभु बैंकले  काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने भएको छ । सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको बताइएको छ ।

यसबाट अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्