Logo

प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेटवार्ता, १६ लाख डोज खोप छिट्टै नेपाल आउँदै



काठमाडौं, ७ साउन । नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई राजदूत युताकाले बधार्इृ तथा सफल कार्यकालको शुभकामना समे तदिएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्ता राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए।

 

प्रधानमन्त्री देउवाले जापानी समकक्षीलाई धन्यवदासमेत ज्ञापन गरेको जनाईएको छ । राजदूत युताकासँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाको ट्विटर ह्याण्डलमा जापानले दिने अष्ट्राजेनेका खोपको १६ लाख डोज पनि छिट्टै नेपाल आउने जनाईएको छ । त्यसको लागि पनि प्रधानमन्त्री देउवाले जापान सरकारलाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्