Logo

जसपा विवादबारे निर्वाचन आयोगले साउन ११ गते कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलायो



काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता विवाद आगामी साउन ११ गते टुँगो लगाउने भएको छ । त्यसको लागि कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि ११ गते आयोगको कार्यालयमा बोलाईएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज (बिहीबार) प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलास बसेको थियो । जसपामा आधिकारिकताको विवाद लामो समयदेखि रहँदै आएको छ । एउटा समूहको नेतृत्व उपेन्द्र यादवले गरेका छन् र अर्को पक्षको नेतृत्व महन्थ ठाकुरले गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्