Logo

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिलद्वारा जर्मनी पराजित



एजेन्सी, ७ साउन । टोकियो ओलम्पिक सुरु हुनुभन्दा दुई दिन अघि नै फुटबलको खेल चलिसकेको छ । समूह चरणको पुरुषतर्फको फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ ले पराजित गरेको छ ।

फुटबलमा बलिया देशहरु समूह चरणमै पराजित भइरहेका छन् । मेक्सिकोले फ्रान्सलाई ४-१ ले पराजित गरेको छ । फ्रान्स विश्वकप विजेता राष्ट्र हो ।

आइभोरि कोस्टले साउदी अरेबियालाई २-१ ले पराजित गरेको छ । अष्ट्रेलियाले अर्जेन्टिनालाई २-० ले पराजित गरेको छ ।

रोमानियाले होन्डुरसलाई १-० ले र आयोजक जापानले दक्षिण अफ्रिकालाई पनि १-० ले पराजित गरेको छ । न्युजल्यान्डले दक्षिण कोरियालाई १-० ले पराजित गरेको छ । इजिप्ट र स्पेनबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

फुटबलमा चारवटा समूहमा महादेशहरुबाट छानिएका १६ टोलीहरुले प्रतिष्पर्धा गरिरहेका छन् । प्रत्येक समूहबाट विजेता र उपविजेताले सिधै क्वाटरफाइनल खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्