Logo

माधव नेपालको सचिवालयले भन्यो : केपी ओली र माधव नेपालबीच भेटवार्ता तय भएको छैन



काठमाडौं, ७ साउन । माधव नेपाल र केपी शर्मा ओलीबीच आज भेट भएको र हुने तय भएको भन्ने समाचार आएकोमा माधव नेपालको सचिवालयले उक्त समाचार सत्य नभएको स्पष्ट पारेका छन् । नेता नेपालका सहयोगी मोहन गौतमले सामाजिक सञ्जालमार्फत नेता नेपालको ओलीसँग कुनै भेटवार्ता नभएको र भेट्ने समय पनि तय नभएको जनाएका छन् ।

उनले फेशबुकमार्फत लेखेका छन-“विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के।पी। शर्मा ओली बीच आज भेट भएकोरहुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहॅाहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।”



प्रतिक्रिया दिनुहोस्