Logo

ओली र माधव नेपाललाई भोलि/पर्सिभित्रै वार्ता गराउँछु, ओलीले अध्यक्ष छोड्नुहुन्छ : पाण्डे



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको खुलासा गरेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि दुवै नेतालाई आफ्नै पहलमा भेटवार्ता गराउन लागेको पाण्डेको भनाई छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पाण्डेले यस्तो दाबी गरेका हुन् ।

माधव नेपालको सचिवालयले भन्यो : केपी ओली र माधव नेपालबीच भेटवार्ता तय भएको छैन

उनले दुई नेताबीच भोलि वा पर्सिभित्रै भेटवार्ता हुने दाबी गरे । उनले भने-“म भेटवार्ता गराउनको लागि लागिपरेको छु । उहाँहरुबीच भोलि नै भेट हुन्छ । भोलि भएन भने पर्सी भेट हुन्छ । यसको लागि गृहकार्य भैसकेको छ ।”  उनले पार्टीको विवाद समाधान हुने पनि दाबी गरेका छन् । यसको लागि ओलीले अध्यक्ष पद छोड्ने पनि उनले दाबी गरे ।

भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिने

एकताको लागि दुवै तर्फका नेताहरु जिम्मेवार ढंगले लागिपरेको भन्दै सकारात्मक नतिजा आउने पनि उनले विश्वास दिलाए । उनले भने-“ढिलो चाँडो एमाले एकता हुन्छ । अध्यक्ष छोड्न ओली तयार हुनुभएको छ । अब उहाँ संसदीय दलको नेता भएर बस्नेसम्मको कुरा छ ।”

 



प्रतिक्रिया दिनुहोस्