Logo

टोकियो ओलम्पिक आजबाट



एजेन्सी, ८ साउन । आजबाट ओलम्पिक खेलकुद सुरु हुँदैछ । जापानको राजधानी टोकियोमा निर्धारित समयभन्दा एक वर्ष ढिलो गरी ओलम्पिक सुरु हुन लागेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण २०२० मा हुनुपर्ने ओलम्पिक २०२१ मा हुन लागेको हो । टोकियो ओलम्पिकमा २०५ देशका ११,३२४ खेलाडी सहभागी हुँदैछन् । ३३ खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

विश्वको सबैभन्दा ठूलो खेलकुदको महामेलामा जापानले ठूलो धनराशी खर्च गर्दैछ । जापानले ओलम्पिक आयोजनाका लागि १५ अर्ब ४० करोड डलर खर्च गर्दैछ । यो अहिलेसम्म ओलम्पिकमा खर्च भएकोमध्ये सर्वाधिक रकम हो ।

ओलम्पिक आयोजक देशले पर्यटन, विभिन्न प्रायोजनबाट ठूलो धनराशी आर्जन गर्न सक्छ । तर, यसपटक जापानले ओलम्पिक आयोजनाबाट ठूलो आर्थिक नोक्शानी व्यहोर्नुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण दर्शक नहुने भएकाले ठूलो नोक्शानी हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्