Logo

केपी ओली र माधव नेपालको झगडा चियाको कपभित्रको तुफानमात्रै हो, त्यसले केही गर्नेवाला छैन : मोहन बैद्य (भिडिओसहित)



काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिएका छन् । उनले कम्युनिष्ट पार्टीमा पनि दुई वटा पार्टी हुनुपर्ने तर्क गरे । उनले भने,‘हुनुपर्ने चाहीँ एउटा संसदवादी कम्युनिष्ट र अर्को क्रान्तिकारी कम्युनिष्ट पार्टी हुनुपर्ने हो ।’ हिजो राति प्राइ टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भविष्यमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच फेरि एकता हुनसक्ने टिप्पणी गरे ।

उनले भने,‘केपी ओली, प्रचण्ड र माधव नेपालको एउटै विचार भएकोले मिल्ने सम्भावना छ । जुन टुटफुट भयो, त्यो चाहीँ सैद्धान्तिक नभएर एकदम व्यक्तिगत ईगोको कुरा हो ।’ बैद्यले ओली र प्रचण्डबीच एकता हुने सम्भावना रहेको दाबी गरे । उनीहरुबीच एकता टुट्नुमा एमाले अध्यक्ष ओली नै बढि दोषी भएको पनि उनको टिप्पणी छ ।

उनले भने,‘एउटा पार्टी अध्यक्ष भएपछि मिलाउन पनि नचाहने, सरकारमा पनि बसिरहने, सहमति पनि गर्ने अनि सहमति पनि तोड्दै हिँड्ने गर्नुभयो । तर, उहाँहरुको वैचारिक लाईन एउटै हो ।’ बैद्यले एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीचको झगडालाई चियाको कपभित्रको तुफानको संज्ञा दिएका छन् । र, त्यो तुफानले केही पनि नगर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्