Logo

सुजिता भण्डारीले आत्महत्या गरेको निष्कर्ष, दुरुत्साहनमा आफन्त युवक आरोपी



चितवन, ८ साउन । ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीले आत्महत्या गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । ११ असारमा घरबाट हराएकी भण्डारी २० असारमा अनकन्टार जङ्गलमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

राप्ती नगरपालिकाकी २३ वर्षीय सुजिताको परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा समेत दर्ता गरेको छ । आफन्त पर्ने युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेी दिएको बुझिएको छ । उनले यसअघि कसैको नाम नतोकी छोरीको हत्या भएको भन्दै जाहेरी दर्ता गरेकी थिइन् ।

सुजिताको हत्या भएको कुनै प्रमाण नभेटिएपछि प्रहरीले आत्महत्या भएको निष्कर्ष निकालेको बुझिएको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दै शंकास्पद एक सयभन्दा बढीसँग सोधपुछ समेत गरेको थियो । तर, सुजिताले आत्महत्या गरेको प्रमाणहरु बलियो देखिएको थियो । उनको शव भेटिएको स्थान नजिकै बोतलमा सेतो पद्धार्थ समेत भेटिएको थियो । पोष्टमार्टमले पनि आत्महत्याको प्रमाणहरु फेला परेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्