Logo

आइतबारसम्म कृषि विकास बैंकको बैंकिङ सेवा बन्द हुने



काठमाडौं, ८ साउन । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतबार बिहानसम्म बन्द हुने भएको छ । बैंकको अनुसार हाल संचालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गनपर्ने भएकोले आज शुक्रबार दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने भएका हुन् ।

आज (शुक्रबार दिउँसो) देखि यस अवधिमा मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग , एटिएम, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड लगायत सबै सेवा बन्द रहने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्