Logo

खोप खरिदका लागि नेपाललाई एडिबीले १९ अर्ब ८० करोड ऋण दिने



काठमाडौं, ८ साउन । नेपाललाई एशियाली विकास बैंक (एडिबी)ले ऋण दिने भएको छ । बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण दिने भएको हो ।

बैंकको मनिलास्थित प्रधानकार्यालयको अनुसार बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्