Logo

सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुनुहुन्नः सत्तारुढ दल



काठमाडौं, ८ साउन । त्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरुले विगतको सरकारले विधि र कानून मिच्दा सङ्कट पैदा भएको उल्लेख गर्दै पाँच दलको प्रयास र अदालतको आदेशले मुलुकलाई दिशाहीन अवस्थाबाट निकास दिन सफल भएको बताएका छन् ।

बैठकमा नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकी विधि मिचेर अघि बढेकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बहुमतको सरकार बाहिरिनुपरेको घटना स्मरण गराए।

उनले पार्टी विधि र प्रक्रिया मिचेर प्रक्रिया नपअनाइ जान खोज्दा संविधानको रक्षाका लागि दल मिलेर संवैधानिक र राजनीतिक बाटो अपनाउने गरी अघि बढेको पनि बताए । उनले सत्तामा हुँदा एउटा कुरा गर्ने र विपक्षमा बस्दा अर्को कुरा गर्दा त्यसलाई कसैले पनि महत्व नदिने जिकिर लिए ।

कानूनअनुसार नचल्दा के हुन्छ भन्ने उदाहरणस्वरुप नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका उनको भनाइ थियो । विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न नसकेकोप्रति व्याङ्ग्य गर्दै नेता सिंहले बर्तमान सरकारले संविधानको भावना, मर्म र विधिको शासन पालना गरेर आफ्नो कार्य अघि बढाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रण र खोपका बारेमा विश्वासको मत लिने दिनमा नै प्रतिबद्धता जाहेर गर्दै खोप, खोप र खोप भनेर तेहे¥याएको सन्दर्भ जोड्दै नेता सिंहले प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराए । उनले वर्तमान सरकारले कोरोना भाइरस जस्तै मुलुकमा फैलिएको भ्रष्टाचारको भाइरसलाई पनि सफलताका साथ नियन्त्रण गर्ने विश्वास व्यक्त गरे।

संविधानको भावना र मर्मअनुरुप लोकतन्त्रलाई संस्थागत गर्न आएको विधेयक विगतको सरकराले ध्यान नदिँदा थाति रहेको उल्लेख गर्दै उनले त्यसलाई सहजरुपमा अघि बढाउन पनि अनुरोध गरे ।

कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र अग्रपङ्क्तिमा खटिनेको मनोबल बढाउने काममा लाग्न सररकालाई सुझाव दिए। आर्थिक क्षेत्र चलायमान गराउने सन्दर्भमा नागरिक र दल सबैको विश्वास आर्जन गर्दै नेपाली काँग्रेस भरोसाको पार्टी हो भनेर स्थापित गर्न पनि अनुरोध गरे ।

नागरिकले चाहेअनुसारको गतिविधिलाई व्यवस्थापन गर्दै सरकार राष्ट्रिय हितलाई ध्यान राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले सन्तुलितरुपमा परराष्ट्र नीति अघि बढाउन पनि अनुरोध गरेका छन्।

अर्को सत्तसाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोलप्रसाद गजुरेलले विसं २०४७ को संविधानमा टेकेर दुई/दुई पटक संसद् विघटन गर्दा झण्डै दुई तिहाइको विगतको सरकार बाहिरिएको बताए ।रासस



प्रतिक्रिया दिनुहोस्