Logo

आज १७ हजार परीक्षणमा २९ सय जनामा संक्रमण पुष्टि



काठमाडौं, ८ साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएकन छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार ३०८ जनामा गरिएको कोरोना परीक्षणबाट १९ सय ८२ पिसीआर र ९ सय ९५ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्