Logo

उपत्यकामा आज ६ सय संक्रमित थपिए



काठमाडौँ, ८ साउन । आज देशभर २९ सय ७७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय १३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएका हुन् । आज १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार ३०८ जनामा गरिएको कोरोना परीक्षणबाट १९ सय ८२ पिसीआर र ९ सय ९५ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्