Logo

सैनिक हत्यामा सहकर्मी पक्राऊ, रकम लेनदेनको विवाद



चितवन, ८ साउन । नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्याको अभियोगमा उनकै सहकर्मी पक्राउ परेका छन् । सेनामै कार्यरत गंगाधर पौडेललाई भरतपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।

२६ वर्षीय पौडेलले ३६ वर्षीय गुरुङ्गलाई गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पौडेलसँग प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ । हत्याको कारण आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । पौडेलले गुरुङ्गको रकम हिनामिना गरेपछि विवाद थियो ।

आरोपी पौडेलको साथबाट प्रहरीले एसएमजी बन्दुक र ८ लाख रुपैयाँ पनि बरामद गरेको छ ।

भरतपुर महानगरपालिका १७ सिमलडाँडाको नहरमा विहानै भरत गुरुङ्गको शव फेला परेको थियो । उनको कन्चटमा गोली लागेको भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको हो । गुरुङ्ग धादिङको निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस्