Logo

गाई काटेको अभियोगमा एकजना पक्राउ



संखुवासभा, ८ साउन । गाई काटेको अभियोगमा एकजना पक्राउ परेका छन् । मादी नगरपालिका ९ फाबिङ बस्ने ३२ वर्षीय सुदिप लिम्बु सहित ३ जनालाई गाई काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित दमाई खोल्सामा गाई काटेकोखबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्